मंगलवार, असार ३,२०८२ 10:01:09
  • मंगलवार, असार ३,२०८२ 10:01:09
Global IME Bank Limited

एनआरएन र बीबीसी चलाएर सेयर बजारमा चलखेल, नियामक भने सधैंको रमिते

Hyundai Nepal
एनआरएन र बीबीसी चलाएर सेयर बजारमा चलखेल, नियामक भने सधैंको रमिते
Nabil Bank Limited

काठमाण्डौ। पछिल्लो समय सेयर बजारमा केही कम्पनी चलाएर तीव्र चलखेख हुन थालेको छ । खासगरि नेपाल इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड  र विशाल बजार कम्पनीमा विभिन्न हल्ला चलाएर दिनभर चलखेल हुने गरेको छ । यतिबेला एनआरएन कम्पनीको सेयर भाउ कुनै समयमा एनएफएसको जसरी नै उचालिएको छ । प्रतिकित्ता २६ सयसम्म एनएफएसको सेयरमूल्य अहिले घटेर  ७ सय आसपासमा आईपुगेको छ । जसमा लगानीकर्ताहरुले प्रतिकित्ता १९ सय रुपैयाँसम्म घाटा व्यहोरेका छन् ।  

हाल एनआरएन कम्पनीको सेयर भाउ पनि यतिउतिसम्म पुग्छ भन्ने हल्ला चलेको छ । खासगरि नाम चलेको एक ब्रोकरबाट नियामित किनेबेच हुन थाले पछि यो कम्पनीमा लगानीकर्ता झुम्मिएका हुन् । यो कम्पनीमा विदेशी साझेदार र हकप्रदको हल्ला चलाएर मूल्य उचालिएको एक लगानीकर्ता टेकेन्द्र थपलियाले बताए । थपलियाले यस्तो कम्पनीमा सोझा भन्दा पनि लोभि लगानीकर्ता फस्ने गरेको प्रतिक्रिया दिए । उक्त ब्रोकरले किनबेच गरेको भन्दा पनि म्याचिङ गरेर मूल्यको बढाएको पनि थपलियाले आरोप लगाए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो कम्पनीको सेयरमूल्य आज प्रतिकित्ता १७१७ रुपैयाँमा अन्तिम काराबार भएको छ । यो कम्पनीको सेयर भाउ पछिल्लोपटक छोटो समयमा नै तीव्र गतिमा बढेको छ । गत कार्तिकमा प्रतिकित्ता ८६० रुपैयाँ रहेको यो कम्पनीको सेयर भाउ ५ महिनाको अवधिमा दोब्बर बढीले बढेर १७ सय १७ पुगेको छ । यो बीचमा कम्पनीको वित्तीय अवस्था खासै प्रगति भएको देखिदैन । हाल कम्पनीको प्रतिसेयर आम्दानी जम्मा ८.३७ रुपैयाँ मात्रै रहेको छ । यो भनेको हालको बजार मूल्य अनुसार मूल्य आम्दानी अनुपात २०३ गूणा बढी हो । यो सँगै कम्पनीका वित्तीय आम्दानी नकरात्मक नै रहेको छ । यो कम्पनीको सेयर हाल नासा सेक्यूटिज स्टक ब्रोकर नम्बर ५८ बाट उच्च होल्डिङ  रहेको छ ।  

दोस्रो बजारमा कारोबार हुने अर्को कम्पनी विशाल बजार कम्पनी ( बीबीसी)को कथा पनि  कम रोचक छैन । यो कम्पनी नेप्सेमा सबै भन्दा ठूलो पूँजी भएको कम्पनी हो । जसको दोस्रो बाजरमा ४ लाख १८ हजार कित्ता मात्रै रहेको छ । यहि लो क्यापको फाइदा उठाएर सेयर बजारमा हाल तीव्र चलखेल हुँदै आएको छ । पछिल्लो समय बीबीसीको सेयर भाउ  बढेमा बजार नै बढ्ने र घटेमा बजार नै बढ्ने पनि गरेको छ । यो कम्पनीमा पनि चलेखेल नै भएको प्रष्ट भएको लगानीकर्ता सुरज मानान्धर ठोकुवा गर्छन । यो कम्पनीको पनि वित्तीय अवस्था खासै सन्तोषजनक देखिदैन । कम्पनीले वार्षिक साधारण सभा नै नगरेको वर्षौ भयो । तर पनि यो कम्पनीको सेयर मूल्य छोटो समयमा माथि पुराएर चलखेल हुँदै आएको छ । यो कम्पनी पनि नासा सेक्यूरिटिज स्टक ब्रोकर नम्बर ५८ बाट नै उच्च होल्डिङ रहेको छ ।  

यी दुई कम्पनीको सेयरमूल्यमा भएको चलखेलको बारेमा जिज्ञाशा राख्दा धितोपत्र बोर्डका प्रवक्ता निरञ्जन घिमिरेले यस विषयमा आफूले अनुगमन विभागलाई जानकारी दिने बताए । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.