शनिबार, बैशाख १३,२०८२ 10:42:56
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 10:42:56
IME remit
Global IME Bank Limited

वर्षासँगै घट्यो काठमाण्डौको वायु प्रदूषण, विश्वकै प्रदूषित शहरको १० औं स्थानमा झर्यो

Hyundai Nepal
वर्षासँगै घट्यो काठमाण्डौको वायु प्रदूषण, विश्वकै प्रदूषित शहरको १० औं स्थानमा झर्यो
Nabil Bank Limited

काठमाण्डौ । काठमाण्डौ उपयत्यकामा परेको वर्षासँगै वायु प्रदुषणमा उल्लेख्य कमी आएको छ । आज काठमाण्डौ विश्वको प्रदूषित शहरको १० औं स्थानमा परेको छ । पछिल्ला केही दिनदेखि काठमाण्डौ सूचीको शीर्ष स्थानमा रहदै आएको थियो ।  

पछिल्लो समय काठमाण्डौको वायुको गुणस्तर ३५२ एक्यूआईसम्म पुगेकोमा आज त्यो घटेर १५२ एक्यूआईमा सीमित बनेको छ । आज सूचीको शीर्ष स्थानमा पाकिस्तानको लाहोर रहेको छ । जहाँको वायुको गुणस्तर १७० एक्यूआई रहेको छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यस्तै चीनको साङघाई दोस्रो र चीनकै बेइजिङ तेस्रो स्थानमा छ।  यसैगरी सूचीको चौथौ र पाँचौं स्थानमा क्रमशःकंगोको किन्हासा र इन्डोनेशियाको जकर्ता रहेका छन् । 

विगत लामो समयदेखि पानी नपर्दा काठमाण्डौको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलमा लागेको डढेलोको धुँवाको कारण काठमाण्डौ उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको थियो। वर्षा भएसँगै उपत्यका आसपासका जंगलमा लागेको डढेलो निभेको छ।  

Muktinath Bikas Bank Limited

बुधबार दिउँसोदेखि र आज बिहान पनि काठमाण्डौमा सामान्य हावाहुरीसँगै वर्षा भएको छ। जसका कारण यहाँको वायु प्रदूषणको मात्रामा केही कम आएको छ । 

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।  

आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरू साथै बाँकी पहाडी भू–भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै आज राती  कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक(दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.