काठमाण्डौ । नेपाल ल्युव आयल लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको छ । कम्पनीले १ः२ अर्थात २०० प्रतिशत हकप्रद निष्कासनका लागि बोर्डसँग स्वीकृती माग गरेको हो ।
कम्पनीले चैत २७ गते आवेदन दिएको छ । बोर्डबाट कम्पनीको आवेदन स्वीकृत भएपश्चात कम्पनीले १४ करोड ५७ लाख २५ हजार ३६० रुपैयाँको रु.१०० अंकित दरका १४ लाख ५७ हजार २५३.६० कित्ता हकप्रद निष्कासन गर्नेछ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको गत माघ २९ गते बसेको विशेष साधारण सभाले हकप्रद निष्कासनको प्रस्ताव पारित गरेको थियो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                