काठमाण्डौ। सेयर बजारका लगानीकर्ताहरुले पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवालाई भेटेका छन् । लगानीकर्ताको समूहले आइतबार बुढानिलकण्ठ स्थित उनकै निवासमा गएर भेटघाट गरेको हो ।
उक्त भेटका क्रममा विभिन्न संगठनका लगानीकर्ताहरुले नेपालको पूँजीबजारको वर्तमान अवस्था र अहिले देखिएको समस्याहरु र तिनको समाधानका बारे सभापति देउवालाई अवगत गराएका छन् । उनीहरुले सभापति देउवालाई सरकारले गभर्नर नियुक्तीमा गरिरहेको ढिलाइबारे समेत अवगत गराउदै छिट्टै गभर्नर नियुक्तीका लागि पहल गर्न आग्रह गरेका थिए ।
लगानीकर्ताको आग्रहप्रति प्रतिक्रिया जनाउदै देउवाले गभर्नर नियुक्ती छिट्टै गरिने आश्वासन दिए । लगानीकर्ताहरुको तर्फबाट घनश्याम पाण्डे , दीपक कार्की र प्रकाश रजौरे लगायतका लगानीकर्ताको उपस्थिती रहेको थियो ।