काठमाण्डौ । अमेरिकाको ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई अर्को धम्की दिएको छ । ट्रम्प प्रशासनले विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रतिबन्ध लगाउन सक्ने बताएको छ ।
अमेरिकाको होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले युनिभर्सिटीलाई ‘राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने’ र ‘सेमिटिज्मको चपेटामा परेको’ आरोप लगाएकी छन्।
उनले विश्वविद्यालयलाई पत्र लेखेर आफ्ना विदेशी विद्यार्थीको ‘अवैध र हिंसात्मक’ गतिविधिको विस्तृत अभिलेख राख्न माग गरेकी छन् । यो वर्ष हार्वर्ड विश्वविद्यालयको भर्नामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या २७ प्रतिशत भन्दा बढी छ।
हार्वर्ड विश्वविद्यालयले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पठाएको मागको सूची स्वीकार गर्न अस्वीकार गरेको थियो । ह्वाइट हाउसले विश्वविद्यालयको प्रशासन, भर्ना र भर्ना प्रक्रियामा परिवर्तन गर्न माग गर्दै सूची पठाएको थियो ।
जबकि हार्वर्ड विश्वविद्यालयले यी मागहरूलाई अस्वीकार गर्दै ह्वाइट हाउसले यसलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको बताएको छ। यसपछि ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई दिएको दुई अर्ब अमेरिकी डलरको कोष रोक्ने घोषणा गरेको थियो ।