काठमाण्डौ। साताको अन्तिम कारोबारको दिन आज सेयर बजार करिब १ प्रतिशतले बढेको छ । आज बजार बढ्दा कारोबार पनि बढेको छ । प्राविधिक रुपमा बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज अपर ब्याण्डमा प्रतिरोध सामाना गरेको छ ।
मुभिङ एभरेजबाट नियाल्दा आज बजारले ३ महिनापछि ५० दिने मूभिङ एभरेजबाट माथि लागेको छ । यसअघि बजार माघ १० मा यही विन्दुबाट माथि लागे पछि करिब ३०० अंकको सुधार आएको थियो ।
म्याक्डीबाट नियाल्दा बजारमा यसअघि नै बुलिस क्रसओभर बनेको छ । हिस्टोग्राम सकारात्मक बनेका छन् । आरएआई पनि ओभर सोल्ड जोनबाट फर्केर ५५ को तहमा चलेको छ । मनी फ्लो इन्डेक्स पनि ६८ को तहमा पुगेको छ । समग्र इन्डिकेटरबाट नियाल्दा बजार बुलिस देखिन्छ । बजारलाई प्राइस एक्सनबाट नियाल्दा नयाँ हायर हाई बनाउने दिशामा देखिन्छ । आज कारोबारसँगै सूचकमा पनि बढोत्तरी आउनुले बजार मजबुत हुँदै गएको देखिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।