आईतवार, जेष्ठ ३,२०८३ 01:47:19
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 01:47:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

‘रिलायबल समृद्धि योजना’को इकाई खरिदका लागि आवेदन दिने समयावधि थप

Laxmi Sunrise Bank Limited
‘रिलायबल समृद्धि योजना’को इकाई खरिदका लागि आवेदन दिने समयावधि थप
Shivam Cement

काठमाण्डौ ।  ‘रिलायबल सामूहिक लगानी कोष’मा खरिद आवेदन दिने समयावधि थप गरिएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, कोष प्रबद्र्धक तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘रिलायबल सामूहिक लगानी कोष’अन्तर्गत सञ्चालन हुने पहिलो बन्दमुखी योजना ‘रिलायबल समृद्धि योजना’ को सार्वजनिक निष्कासन गत वैशाख ३ गतेदेखि गरिएको थियो ।  

१ अर्ब रुपैयाँबराबरको यो योजनाको इकँई खरिदका लागि छिटोमा वैशाख ७ गते र ढिलोमा वैशाख १७ गतेसम्म आवेदन दिने समय दिइएको थियो । तर माग बमोजिम आवेदन नपरेकाले यो योजनामा आवेदन दिने थप वैशाख १७ गतेसम्म लम्बाइएको हो ।  

Bizshala
New Office
CG Motors

यो योजनाको ८ करोड ५० लाख इकाई अथवा रु ८५ करोड रुपैयाँबराबरको सार्वजनिक निष्काशनमार्फत बिक्रि खुल्ला छ ।  

यो योजना बन्दमुखी प्रकृतिको योजना भएकोले यसका इकाईहरु धितोपत्र बजारमा सूचिकरण भई सार्वजनिक निष्काशनपश्चात सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम धितोपत्र बजारमा खरिद बिक्रि गर्न सकिनेछ । यो योजना नेपालमा बीमा क्षेत्रबाट कोष प्रबद्र्धन गरिएको पहिलो सामूहिक लगानी कोष हो । यस योजनाको वार्षिक औषत प्रतिफल १७.७३ प्रतिशत प्रक्षेपण गरिएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम रु १ हजारदेखि अधिकतम रु १० करोड सम्म लगानीका लागि सी–आश्वा खाता रहेको बैंक वा मेरो सेयरमा लगईन गरी अनलाईन आवेदन गर्न सक्नेछ । कम्पनीले सेयरधनीहरुलाई उत्कृष्ट प्रतिफल दिने प्रतिवद्धता गरेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.