काठमाण्डौ । जनता प्रसारण तथा प्रकाशन लिमिटेडले आईपीओ जारी गर्ने प्रक्रियाको थालनी गरेको छ । कम्पनीले प्रारम्भिक प्रक्रियाअन्तर्गत आइ्र्रपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ ।
वैशाख ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १० औं वार्षिक साधारण सभा यही वैशाख २७ गते काठमाण्डौको बुद्धनगरमा रहेको क्वालिटी ब्याङ्क्वेटमा बिहान साढे ७ बजेदेखि आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने र हकप्रद जारी गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै कम्पनीको आवश्यक चालुपूँजी जुटाउने तथा कम्पनीमा रणनीतिक साझेदार जुटाउने विशेष प्रस्ताव पारित गरिनेछ ।
यसैगरी कम्पनीको अन्य वित्तीय वितरणहरु पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।