सोमबार, जेष्ठ ११,२०८३ 05:02:33
Bizshala
  • सोमबार, जेष्ठ ११,२०८३ 05:02:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लगातार दुईदिन दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम झण्डै ६ अर्ब पुग्यो

Laxmi Sunrise Bank Limited
लगातार दुईदिन दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम झण्डै ६ अर्ब पुग्यो
Shivam Cement

काठमाण्डौ । सोमबारको काराबारमा सेयरबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १ प्रतिशत अर्थात २७.८५ अंकले बढेर २ हजार ७८६.३५ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८१ प्रतिशतले बढेर ४७५.७४ विन्दुमा पुगेको छ।

गत शुक्रबार पनि नेप्से परिसूचक १६ अंकले बढेको थियो् ।

आज नेप्सेमा सूचीकृत ३४२ वटा स्क्रिप्टका १ करोड ४५ लाख ४० हजार २२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ९८ करोड ६४ लाख बढीको सेयर कारोबार भएको छ । गत शुक्रबार भने ४ अर्ब ४९ करोड ८५ लाख बढीको सेयर कारोबार भएको थियो ।

Bizshala
New Office
CG Motors

आजको बजारबारे बजार जानकार सुवास चन्द्र ढुंगाना भन्छन्, ‘सेयरबजारमा आज दोहोरो अंकको बढोत्तरी आउनु लगानीकर्ताहरुको बजेटप्रतिको रियाक्सन हो । साथै पछिल्लो समय बजारमा निरन्तर गिरावट आउँदा आजको बढोत्तरीलाई सामान्य सुधार पनि मान्न सकिन्छ । सेयर लगानीकर्ताहरु आगामी आवको बजेटमा पूँजीबजारका लागि सकारात्मक नीति आउने आशामा छन् । ’

उनले थपे, ‘तर, बजार दिगो हुन आजको बढोत्तरीले मात्रै हुँदैन । यदि नेप्से परिसूचक २८ सय विन्दुमाथि बस्न सक्यो भने बजारमा एउटा स्विङ आउने देखिन्छ । अहिले बजार तल्लो विन्दुमा छ, तर बजार माथि जान्छ वा अझै घट्न भन्ने कुरा भोलिको मार्केटले मात्रै निर्णय गर्न सक्छ ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबै समूहमा हरियाली छायो । आज हाईड्रो समूह सर्वाधिक अर्थात १.५० प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.८५ प्रतिशत, विकास बैंक ०.६९, फाइनान्स ०.५७, होटल १.०२, लगानी ०.७४, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन १.३५, लघुवित्त ०.९९, निर्जीवन बीमा ०.९५, व्यापार ०.३२ र अन्य समूह १.२३ प्रतिशतले बढ्यो ।

आज म्युचुअल फण्ड समूह मात्रै घट्यो । यो समूह ०.२० प्रतिशतले घट्यो ।  

Garima Development Bank
Shivam Cement
Bizshala

सर्वाधिक कारोबार हुने कम्पनी

आज आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात ६० करोड २० लाख बढीको सेयर कारोबार भयो । यस्तै रिडी पावरको ३० करोड १७ लाख, अपि पावरको १८ करोड ४० लाख, नेशनल हाईड्रोपावरको १५ करोड २० लाख र ङादी ग्रुप पावरको १४ करोड ६१ लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन। आज थ्री स्टार हाईड्रोको सेयरमूल्य ९.०१ प्रतिशतले बढ्यो। यस्तै सुपर खुदी हाईड्रोको सेयरमूल्य ८.३२ प्रतिशत, अपर हेवाखोला हाईड्रोको ५.३८, मायाखोला हाईड्रोको ५.३४ र रिज लाइन इनर्जीको सेयरमूल्य ५.१९ प्रतिशतले बढ्यो।  

यो दिन बुङ्गल हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात १०.३२ प्रतिशतले घट्यो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.