काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आम्दानीसँगै नाफामा पनि गिरावट आएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्ममा कम्पनीले ९० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यसरी कम्पनीको खुद नाफामा ८.८४ प्रतिशतको गिरावट आएको छ ।
कम्पनीको खुद ब्याज आम्दानी पनि २४.१२ प्रतिशतले घटेर १ अर्ब ४८ करोड रुपैयाँमा सीमित बनेको छ । अघिल्लो आवमा भने कम्पनीले १ अर्ब ९५ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो । कम्पनीले १ करोड १३ लाख रुपैयाँ खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ ।
कम्पनीले समीक्षा अवधिसम्ममा १ अर्ब २८ करोड १२ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। यस्तै कम्पनीको खुद सञ्चालन आम्दानी १ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।
कम्पनीले समीक्षा अवधिसम्ममा ७ अर्ब ७८ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन र २४ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीले रिजर्भ कोषमा कम्पनीले ३ अर्ब ८४ करोड रुपैयाँको सञ्चित गरेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)५.५६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६९.२६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११७.८१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४९.७७ गुणा,तरलता अनुपात ८१.०७ प्रतिशत र इक्युटिमा प्रतिफल ४.९७ प्रतिशत कायम भएको छ ।