काठमाण्डौ । पोखरा फाइनान्स कम्पनी लिमिटेडका सञ्चालक अच्यूत पौडेलको राजीनामा स्वीकृत भएको छ । वैशाख १५ गते बसेको कम्पनीको ५५२ औं बैठकले पौडेलको राजीनमा स्वीकृत गरेको हो ।
उनको राजीनामा वैशाख १६ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ ।
पौडेलले आफ्नो व्यत्तिलगत कारण देखाउदै राजीनामा दिएका थिए ।