बुधबार, असार १८,२०८२ 01:55:24
  • बुधबार, असार १८,२०८२ 01:55:24
Global IME Bank Limited

ब्याज आम्दानी बढेसँगै गणपति लघुवित्तको नाफामा उल्लेख्य सुधार, कस्तो छ समग्र वित्तीय अवस्था ?

Hyundai Nepal
ब्याज आम्दानी बढेसँगै गणपति लघुवित्तको नाफामा उल्लेख्य सुधार, कस्तो छ समग्र वित्तीय अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । ब्याज आम्दानी बढेसँगै गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म २ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १७१.७१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ८५ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी ५४.१८ प्रतिशतले वृद्धि भएको छ । संस्थाले १२ करोड १ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा ३ लाख २३ हजार रुपैयाँले ऋणात्मक रहेको संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ५ लाख ४७ हजारले धनात्मक बनेको छ । यस्तै संस्थाको खुद सञ्चालन आम्दानी १३ करोड ३२ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवमा १० करोड ४ लाख रुपैयाँमा सीमित थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै संस्थाको सञ्चालन मुनाफा ३ करोड ३३ लाख रुपैयाँ रहेको छ । संस्थाको निक्षप संकलन घटेको छ भने कर्जा प्रवाह बढेको छ । निक्षेप संकलन ४७ करोड ५२ लाख रुपैयाँबाट घटेर ४७ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ ।  

कर्जा प्रवाह भने २ अर्ब ८ करोडबाट बढेर २ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ५१ लाख रुपैयाँले ऋणात्मक रहेको संस्थाको रिटेन्ड अर्निङ १ करोड ७७ लाख रुपैयाँले धनात्मक बनेको छ । संस्थाको रिजर्भमा ८ करोड ४ लाख रुपैयाँ सञ्चित छ । यस्तै संस्थाको वितरणयोग्य मुनाफा ८४ लाख १७ हजार रुपैयाँ रहेको छ ।  

संस्थाको खराब कर्जा अनुपात ४.९४ प्रतिशतबाट बढेर ५.९४ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) २०.५१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६४.८० रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६५६.२७ रुपैयाँ,मूल्य आम्दानी अनुपात ७८.७२ गुणा र तरलता अनुपात ८.७२ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.