आईतवार, श्रावण १०,२०८३ 07:51:32
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 07:51:32
Bizshala
Global IME Bank Limited

पाकिस्तानमाथि भारतको आक्रमण, निर्णायक जवाफ दिने पाकिस्तानको चेतावनी

पाकिस्तानमाथि भारतको आक्रमण, निर्णायक जवाफ दिने पाकिस्तानको चेतावनी
New Office

काठमाण्डौ । भारत सरकारले पाकिस्तानविरुद्ध ‘अपरेशन सिन्दुर’ सुरु गरेको छ । भारत सरकारले एक विज्ञप्ती जारी गर्दै यस अपरेशनमा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा रहेको आतंकवादी पूर्वाधारलाई निशाना बनाइएको जनाएको छ ।  

यही स्थानबाठ भारतमा आतंकवादी हमलाको योजना बनाईएको भारतले जनाएको छ । विज्ञप्तिमा कुल नौवटा लक्ष्यलाई लक्षित गरिएको उल्लेख छ । अर्कोतर्फ, पाकिस्तानको सरकारी टिभीले सेनाका प्रवक्तालाई उद्धृत गर्दै भारतीय सेनाले पाकिस्तानमा तीन ठाउँमा मिसाइल आक्रमण गरेको जनाएको छ।

पाकिस्तानी सेनाले भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको बताएको छ । अर्कोतर्फ पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले भारतीय हवाई हमलामा मस्जिदलगायत धेरै ठाउँलाई निशाना बनाएको बताएका छन् ।

शाहबाज शरीफले भने, ‘पाकिस्तानसँग यस अप्रत्याशित भारतीय आक्रमणको निर्णायक जवाफ दिने पूर्ण अधिकार छ। सम्पूर्ण राष्ट्र आफ्नो सेनासँग एकजुट छ। हाम्रो मनोबल र संकल्प अटल छ। हाम्रो प्रार्थना र शुभकामना पाकिस्तानका बहादुर अधिकारी र सैनिकहरूसँग छ।’

यस्तै पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले सर्वसाधारणलाई निशाना बनाएको दाबी गरेका छन् ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.