काठमाण्डौ । बोटलर्स नेपाल(बालाजु)लिमिटेडको नाफामा सगरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७३.३२ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ७ अर्ब ७ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १.५३ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीको बिक्री आम्दानी ७ अर्ब १८ करोड रहेको थियो । कम्पनीको अन्य आम्दानी २ करोड ५० लाख रुपैयाँ र वित्त आम्दानी १६ लाख ८ हजार रुपैयाँ रहेको छ ।
यो अवधिसम्म कम्पनीको बिक्री तथा वितरण खर्च १ अर्ब १४ करोड र प्रशासनिक खर्च पनि ४४ करोड ८४ लाख रहेको छ।
कम्पनीको रिजर्भको आकार ६ अर्ब ५ करोड रहेको छ । जुन अघिल्लो आवको तुलनामा ६.०३ प्रतिशतले बढी हो ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ६ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ३ हजार ४१२ रुपैयाँ, रिटर्न अन इक्विटी ०.३ प्रतिशत र पीई अनुपात ३०१४ गुणा कायम भएको छ ।