Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

अर्थसहितका मन्त्रीहरुको भागबण्डा तत्काल नहुने !

Global IME Bank Limited
अर्थसहितका मन्त्रीहरुको भागबण्डा तत्काल नहुने !
Nabil Bank Limited

काठमाण्डौ । सेयर बजारका लाखौं लगानीकर्ताले व्यग्रताका साथ प्रतिक्षा गरिरहेको अबको अर्थमन्त्री को हुन्ने विषय भोलि पनि टुङ्गो नलाग्ने सम्भावना देखिएको छ ।  

नयाँ सत्ता समीकरणमा सहभागी चार दलका शीर्ष नेताहरुबीच सोमबार राति ८ बुँदे सहमति भएको छ । यो सहमतिसँगै नेताहरुबीच अन्य दलहरुलाई समेत समीकरणमा सामेल गराउने र त्यसबेलासम्म मन्त्रालय बाँडफाँडमा हतार नगर्ने सहमति भएको हो । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमालेका महासचिव शंकर पोखरेलले प्रमुख चार दलबीच अहिले नै मन्त्रालय बाँडफाँड गरिएमा समीकरणमा सहभागी हुन चाहने दलहरुलाई अप्ठ्यारो पर्नसक्ने विषयलाई बुझेर यसमा हतारो नगर्ने सहमति बनेको जानकारी दिए ।  

अन्य दलहरु पनि आएपछि नै एकैपटक मन्त्रालयको भागबण्डा टुंग्याउने मोटामोटी सहमति बनेको उनको भनाई छ । उनको यो भनाईबाट आज नै मन्त्रालयको भागबण्डा नटुंगिने र कुन मन्त्रालयमा को मन्त्री बनेर जाने भन्ने विषय पनि तत्काल नटुंगिने स्पष्ट देखिएको छ ।  

चार दलीय सत्ता गठबन्धनले एकीकृत समाजवादी लगायतका साना दलहरुलाई समेत समीकरणमा ल्याउन चाहेको छ । साना दलहरुले नयाँ समीकरणमा सहभागी बन्नका लागि विभिन्न शर्तहरु तेस्र्याइरहेका छन् । यसकारण समेत तिनीहरुलाई कन्भिन्स गरेर नयाँ गठबन्धनमा ल्याउन समय लाग्ने देखिन्छ ।  

यसकारण समेत आजभोलि नै न सेयर बजारले अर्थमन्त्री पाउनेछ, न त मुलुकले अन्य मन्त्रीहरु नै ।  

माओवादी केन्द्रका एक पदाधिकारीले भने मंगलबार(भोलि) साँझसम्म मन्त्रालय बाँडफाँड भइसक्ने र कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने विषय पनि फाइनल हुनसक्ने सम्भावना व्यक्त गरे । 

प्रचण्डले पहिलो चरणमा ३ जना मन्त्रीलाई विना विभागीयको रुपमा सोमबार साँझ नै सपथ ग्रहण गराइसकेका छन् । तत्काल २२ वटा मन्त्रालयको जिम्मेवारी पनि प्रचण्ड आफैंले लिएका छन् ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.