शुक्रबार, असार २०,२०८२ 04:03:21
  • शुक्रबार, असार २०,२०८२ 04:03:21
Global IME Bank Limited

दोर्दी खोला जलविद्युत ३३% ले घाटा कम गर्न सफल, कुन वित्तीय सूचकको अवस्था कस्तो ?

Hyundai Nepal
दोर्दी खोला जलविद्युत ३३% ले घाटा कम गर्न सफल, कुन वित्तीय सूचकको अवस्था कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको घाटामा ३३.२३ प्रतिशतको कमी आएको छ  । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३ करोड ८९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले खुद घाटा ५ करोड ८२ लाख रुपैयाँ थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत २३ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७.४४ प्रतिशतले कम हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको प्रशासनिक खर्च १ करोड ९५ लाख रुपैयाँ , विद्युत उत्पादन खर्च २ करोड ३१ लाख र वित्तीय खर्च पनि १४ करोड ६१ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको रिटेन्ड अर्निङ १८  करोड ३४ लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीको कुल चालु सम्पत्ति २७ करोड ७२ लाख र कुल चालु दायित्व ६० करोड ३२ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ४.९२ रुपैयाँले ऋणात्मक ,प्रतिसेयर नेटवर्थ ८२.६० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २९९.७० रुपैयाँ, मूल्य आम्दानी अनुपात ७३.९३ गुणा र तरलता अनुपात ०.४६ प्रतिशत कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.