काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्र)ले ऋणपत्र निष्कासनका लागि अनुमति पाएको छ । निफ्राले ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ %, २०८८/८९’ नामक हरित ऋणपत्र निष्काशनको वैशाख ३० गते अनुमति पाएको हो ।
यससँगै निफ्राले अब सात वर्ष अवधि भएको रु. पाँच अर्बबराबरको प्रति इकाई १००० अंकित दरका ५० लाख इकाई ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये ३० लाख इकाई व्यक्तिगत तवरबाट र बाँकी २० लाख इकँई आम सर्वसाधारण्मा जारी गरिनेछ ।
उक्त ऋणपत्रबाट संकलित पुँजी पर्यावरणमैत्री परियोजना सञ्चालनका साथै दिगो विकासका कार्यमा लगानी गरी जलवायु परिवर्तनको प्रतिकूल प्रभावको न्यूनिकरणमा सहयोग पुर्याउने परियोजनामा परिचालन गरिने निफ्राले जनाएको छ ।
यो ऋणको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबी एस क्यापिटल रहेको छ ।