सोमबार, असार ९,२०८२ 12:25:00
  • सोमबार, असार ९,२०८२ 12:25:00
Global IME Bank Limited

नेपाल टेलिकमको नाफामा ४८% को गिरावट, रिजर्भ र आम्दानीमा पनि संकुचन

Hyundai Nepal
नेपाल टेलिकमको नाफामा ४८% को गिरावट, रिजर्भ र आम्दानीमा पनि संकुचन
Nabil Bank Limited

काठमाण्डौ । नेपाल  टेलिकम(एनटीसीले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको आम्दानी र नाफामा गिरावट आएको छ । तेस्रो त्रैमाससम्म कम्पनीको खुद नाफामा ४८.६७ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २ अर्ब ८४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ५ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीको कुल आम्दानीमा समेत कमी आएको छ । कम्पनीले समीक्षा अवधिसम्म २८ अर्ब ४३ करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ८.८९ प्रतिशतले कम हो । अघिल्लो आवमा भने कम्पनीले ३१ अर्ब २० करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको थियो ।  

कम्पनीको रिजर्भको आकार ७२ अर्ब ७० करोड रुपैयाँबराबर रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३.३९ प्रतिशतले कम हो । कम्पनीको कुल चालु सम्पत्ति ४४ अर्ब १८ करोड रुपैयाँ र कुल चालु दायित्व २१ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) २१.०५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ५०३.९३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६७६.३६ रुपैयाँ, तरलता २.०४ प्रतिशत र पीई अनुपात ४२.७४ गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.