आईतवार, श्रावण १०,२०८३ 05:28:52
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 05:28:52
Bizshala
Global IME Bank Limited

ट्रम्पले भने, ‘रुस र युक्रेनले युद्धविरामका लागि तत्काल वार्ता सुरु गर्नुपर्छ’, पुटिन र जेलेन्स्कीले के भने ?

ट्रम्पले भने, ‘रुस र युक्रेनले युद्धविरामका लागि तत्काल वार्ता सुरु गर्नुपर्छ’, पुटिन र जेलेन्स्कीले के भने ?
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनले युद्धविराम र युद्धको अन्त्यका लागि ‘तुरुन्त’ वार्ता सुरु गर्ने बताएका छन्। ट्रम्पले ट्रुथमा सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दुई घण्टा कुराकानी गरेको जानकारी दिएका छन् । ट्रम्पका अनुसार पुटिनसँगको उनको कुराकानी ‘धेरै राम्रो’ थियो।

ट्रम्पले लेखेका छन्, ‘रसिया र युक्रेनले युद्धविराम र सबैभन्दा महत्त्वपूर्ण कुरा, युद्धको अन्त्यका लागि तुरुन्तै वार्ता सुरु गर्नेछन्। यसको सर्तहरू दुई पक्षबीचको सहमतिबाट तय हुनेछ।’

ट्रम्पले यो जानकारी युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई दिएको बताएका छन् । यसका अलावा ट्रम्पले युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, जर्मन चान्सलर फ्रेडरिक मेर्ट्ज र फिनल्याण्डका राष्ट्रपति अलेक्ज्याण्डर स्टबलाई यसबारे जानकारी गराएका छन् ।  

पुटिनले रुस युक्रेनसँग शान्तिका लागि ‘सम्झौता’ गर्न तयार रहेको बताएका छन् । तर, यो सम्झौतामा के–के कुरा समावेश हुनेछन् भन्ने स्पष्ट पारेनन् ।

उनले संकटको मूल कारणहरू सम्बोधन गर्न चाहेको बताएका छन् ।  

यस्तै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युक्रेन, रुस, अमेरिका, ईयू देशहरू र बेलायतबीच युद्ध अन्त्यका लागि ुउच्चस्तरीयु बैठकमा विचार गरिरहेको सुझाव दिए। जेलेन्स्कीले अमेरिकालाई यी छलफलबाट टाढा नजान अपिल पनि गरेका छन् । उनले रुसले पनि अर्थपूर्ण वार्तामा सहभागी हुन तत्परता देखाउनुपर्ने बताए ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.