काठमाण्डौ । नेप्से परिसूचक प्रिओपन सेसनमै उच्च अंकले बढेको छ ।
आजको प्रिओपन सेसनमा नेप्से परिसूचक ३२.७० अंकले बढेको हो ।
यो अवधिमा कारोबारमा आएकामध्ये १२७ कम्पनीको मूल्य बढेको छ भने ५ कम्पनीको मूल्य घटेको छ । यो अवधिमा ४ करोड १० लाख बढीको कारोबार भएको छ ।
नेपाल पुनर्बीमा कम्पनी, सिएचडिसी, कर्पोरेट डेभलपमेन्ट बैंक लगायतका कम्पनीहरुको मूल्य उच्च अंकले बढेको देखिएको छ।
नेपाल राष्ट्रबैंकले हिजो सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेश्रो समीक्षामा गरिएको सेयरधितो कर्जाको जोखिमभार १२५ बाट १०० मा सीमित गर्ने नीतिगत व्यवस्थाका कारण सेयर लगानीकर्ताहरुमा उत्साह देखिएको हो । भविष्यमा अझ बजारमैत्री नीति आउने आशामा लगानीकर्ताहरु खरीदमा आक्रामक हुने संकेत समेत प्रिओपनले देखाएको छ ।