Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

साढे २ महिना पछि म्याक्डीमा बुलिस क्रसओभर, सम्हालिने प्रयास गर्दै बजार

Global IME Bank Limited
साढे २ महिना पछि म्याक्डीमा बुलिस क्रसओभर, सम्हालिने प्रयास गर्दै बजार
Nabil Bank Limited

काठमाण्डौं । लामो समय पछि नेप्से चार्टको म्याक्डीमा बुलिस क्रसओभर बनेको छ । यो सँगै हिस्टोग्राम पनि सकरात्मक बनेको छ । यस अघि जनवरी २२ मा वियरिस क्रसओभर बनेको बजार आज बुलिस क्रसओभर बनेको हो । यो इन्डिकेटरले ढिलो संकेत दिन्छ तर यसलाई विश्वासिलो मान्ने गरिन्छ । अघिल्ला २ कारोबारमा ठूला–ठूला क्याण्डन बनाएको बजारले आज भने सम्हालिने प्रयास गरेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बोलिङगर ब्याण्डमार्फत आजको बजारलाई नियाल्दा आज बजारले मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको देखिन्छ । यदि आगामी कारोबारमा मध्य ब्यान्ड अर्थात २०४० भन्दा माथि टिकेर कारोबार भएको खण्डमा बजारले माथिको यात्रा तय गर्न सक्छ । कारोबार तथा भोल्युममार्फत हेर्दा आज बजार बढेता पनि कारोबार बढ्न भने सकेको छैन । यसले खरिदकर्ता अझै विश्वस्त हुन नसकेको देखिन्छ । आरएसआई ओभर सोल्ड जोनबाट फर्केर ४७ को तहमा रहेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा विस्तारै माथिको यात्रा तय गर्दै गरेको देखिन्छ । सुपर ट्रेन्डमा बजार बुलिस नै रहेको छ । क्याण्डल स्टिकबाट नियाल्दा मंगलबार बन्द भएको क्याडल भन्दा बुधबारको क्याण्डल माथि गएर बन्द भएको छ । यी सबै कारणले बजार विस्तारै सम्हालिन खोजेको भन्न सकिन्छ ।  

पिभट् मार्फत नियाल्दा आज २०१७ मा बन्द भएको बजार अबको प्रतिरोध क्रमशः  २०२६, २०४१ र २०५५ मा सामाना गर्न सक्छ । त्यसै गरि घटेमा भने १९९९,१९८५ र १९६०  मा सपोर्ट लिन सक्छ ।

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफरिस भने होइन ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.