काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियम आयातमा २५ प्रतिशतबाट ५० प्रतिशत कर बढाउने आदेशमा हस्ताक्षर गरेका छन् । यो चरणबाट धातुमा आयात कर बढेको मार्चयता दोस्रो पटक हो ।
बुधवारदेखि लागू हुने यी कदमले अमेरिकी स्टिल उद्योगको भविष्य सुरक्षित गर्ने उद्देश्य रहेको ट्रम्पले बताएका छन् । यद्यपि, आलोचकहरूले यी सुरक्षा उपायहरू अमेरिका बाहिर स्टिल निर्माताहरूका लागि धेरै हानिकारक हुन सक्ने बताएका छन् ।
आफ्नो पहिलो कार्यकालमा पनि ट्रम्पले स्टिलमा २५ प्रतिशत र आल्मुनियममा १० प्रतिशत कर लगाएका थिए ।