काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से इन्डेक्स १३.५१ अंकले बढेर २०३० विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृत ३०९ कम्पनीको ८९ लाख २९ हजार १५२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये तीन समूह घटेका छन् भने बाँकी सबै समूहमा हरियाली छाएको छ । आज सर्वाधिक निर्जीवन बीमा समूह चम्किएको छ । नन लाइफ इन्स्योरेन्स उपसूचक १।५६ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, जीवन बीमा समूह पनि ०।३७ प्रतिशतले बृद्धि भएको छ ।
बीमा समूह चम्किदा आज २२ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । बीमा कम्पनीहरुमा आज सर्वाधिक कमाउने अर्थात सेयरभाउ बढ्नेमा प्रभु इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.९२ प्रतिशतले बढेर ७६३ रुपैयाँ पुगेको छ ।
त्यस्तै, सानिमा जिआईसीको ३।३६ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ३।३१ प्रतिशत, हिमालयन एभरेष्टको २।६८ प्रतिशत, आइजीआई प्रुडेन्सियलको २.६० प्रतिशत, नेपाल इन्स्योरेन्सको २.५७ प्रतिशत, सिटिजन लाइफको २.४९ प्रतिशत, सुर्यज्योति लाइफको २.०१ प्रतिशत, सलिकोको १.६७ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.५० प्रतिशत, रिलायबल नेपाल लाइफको १.४२ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको १.४० प्रतिशतले सेयरभाउ बढेको छ ।
त्यस्तै, सानिमा रिलायन्स लाइफको ०.९३ प्रतिशत, नेको इन्स्योरेन्सको ०.७९ प्रतिशत, युनाइटेड अजोडको ०.७८ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.५९ प्रतिशत, आइएमई लाइफको ०.५८ प्रतिशत, हिमालयन लाइफको ०.४९ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ०.४१ प्रतिशत, र एशियन लाइफको ०.१६ प्रतिशतले सेयरभाउ बढेको छ ।
आज चारवटा बीमा कम्पनीको सेयरभाउ भने घटेको छ । सर्वाधिक एलआइसी नेपालको १.०४ प्रतिशतले घटेर १३२५ रुपैयाँ १० पैसा कायम भएको छ । त्यस्तै, नेपाल लाइफको ०.८३ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ०.२८ प्रतिशत र हिमालयन रि इन्स्योरेन्सको ०.१४ प्रतिशतले सेयरभाउ घटेको छ ।
आज सर्वाधिक नेपाल रि इन्स्योरेन्सको प्रोमोटर सेयर ५६ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ६ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                