काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य शिल्ड टेण्डर) खोलिने भएको छ ।
कम्पनीले लिलामीमा राखेको १९ लाख कित्ता बढी अवितरित हकप्रद सेयरको बोलकबोल आज नक्सालमा रहेको सानिमा क्यापिटलको कार्यालयमा खोलिने भएको हो ।
कम्पनीले गत जेठ ११ गतेदेखि २० गतेसम्म अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राखेको थियो ।
बोलकबोल खोलिएको प्रत्यक्ष प्रसारण सानिमा क्यापिटल फेसबुक लाइभ मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।