आईतवार, माघ ११,२०८२ 05:35:09
Bizshala
  • आईतवार, माघ ११,२०८२ 05:35:09
Bizshala
Global IME Bank Limited
Bizshala

अमेरिकामा आप्रवासीद्वारा विरोध प्रदर्शन, ट्रम्पले तैनाथ गरे २ हजार नेसनल गार्ड

अमेरिकामा आप्रवासीद्वारा विरोध प्रदर्शन, ट्रम्पले तैनाथ गरे २ हजार नेसनल गार्ड
Shivam Cement

काठमाण्डौ । अमेरिकाको लस एन्जलसमा गैरकानुनी आप्रवासीमाथि गरिएको छापाको विरोधमा प्रदर्शन भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो विरोध प्रदर्शन रोक्न २ हजार नेसनल गार्ड्स तैनाथ गर्न आदेश दिएका छन्। गैरकानुनी आप्रवासीहरू विरुद्ध गरिएको छापाको विरोधमा यी प्रदर्शनहरू भइरहेका छन्।  

यी प्रदर्शनहरूलाई रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २ हजार नेसनल गार्डहरू तैनाथ गर्न आदेश दिएका छन्। ‘हामी लस एन्जलसलाई अझ सुरक्षित बनाउँदैछौं,’ ट्रम्पका सीमा सल्लाहकार टम होमनले शनिबार फक्स न्यूजलाई भने।

Bizshala
Garima Development Bank
New Office

शनिबार, क्यालिफोर्नियाको लस एन्जलसको प्यारामाउन्ट क्षेत्रमा ल्याटिनो समुदायका मानिसहरू र अमेरिकी अध्यागमन एजेन्सी (आईसीई) का अधिकारीहरूबीच झडप भएको थियो। त्यसपछि प्रहरीले भीडलाई तितरबितर गर्न अश्रुग्यास र लाठी प्रहार गरेको थियो ।

आईसीई कारबाहीका क्रममा यो साता हालसम्म ११८ जना पक्राउ परेका छन्, जसमध्ये शुक्रबार मात्रै ४४ जना पक्राउ परेका छन् । क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले यस कार्यलाई क्रूर भनेका छन्।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

शनिबार न्युजमले अमेरिकी राष्ट्रपति ट्रम्पसँग करिब ४० मिनेट फोनमा कुरा गरे पनि यस कुराकानीको कुनै विवरण सार्वजनिक गरिएको छैन । तर, यसपछि ट्रम्पले ट्रुथसोसलमा क्यालिफोर्नियाका गभर्नर र लस एन्जलसका मेयरले आफ्नो काम गर्न नसके संघीय सरकारले हस्तक्षेप गर्ने बताएका छन् ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.