काठमाण्डौ । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ २३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।
उक्त सभा आगामी असार १० गते काठमाण्डौको धुम्बाराहीमा रहेको कम्पनीको रजिष्टर्डको कार्यालयमा बिहान ११.३० बजेदेखि सुरु हुनेछ । सभामा सर्वसाधारणमा सेयर जारी गर्ने, कम्पनीको जारी पूँजी वृद्धि गर्ने, सेयर संरचनासहित कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने र जारीपूँजी मध्येको संस्थापक समूहको सेयर प्रिमियम मूल्यमा बिक्री गर्ने प्रस्तावहरु पारित गरिनेछ ।