काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले एनपीएस–नेशनल कार्ड स्विच तथा नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्र बैंकका प्रबन्ध सञ्ंचालक तथा प्रमुख कार्यकारी अधिकृत, रामकुमार तिवारीको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत,नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए । सो कार्यक्रममा बैंकका प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा,सल्लाहकार,छविराज पन्त, प्रमुख प्रविधि अधिकृत, सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याललगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
यस सम्झौतासँगै बैंकले डोमेस्टिक कार्ड योजना ‘नेपालपे कार्ड’ जारी गर्ने र प्राप्त गर्ने प्रयोजनका लागि स्विच एकिकृत गर्न सक्नेछ ।
नेपाल एसबिआई बैंकले हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।