काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको प्राङ्गणमा तयार भएको नेप्से बुलको उद्घाट्न डेढ वर्षदेखि हुन सकेको छैन । निवर्तमान प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीको कार्यकालमा नेप्सेमा बुल बनाउने काम भएको थियो । तर ठेकदार र नेप्सेको विवादको कारण नेप्सेको प्राङ्गणमा लगानीकर्ताहरुको माग अनुसार तयार भएको बुलको उद्घाट्न हुन सकेको छैन ।
नेप्सेले ठेकेदार सिताराम श्रेष्ठलाई २०८१ को असार मसान्तसम्म सक्नेगरी नेप्सेमा बुल बनाउने ठेक्का दिएको थियो । तर ठेकदारले समयमा नै काम नसकेको भन्दै नेप्सेले ठेकदारलाई कालो सूचिमा राख्न सिफारिस गरेको छ । ठेकदारलाई नेप्सेले कालो सूचिमा पठाएसँगै ठेकदार पनि काम सकेको तर भुक्तानी नपाएको भन्दै अदालत गएका छन् ।
यो विषय हाल अदालतसम्म पुगेको छ । ठेकदार श्रेष्ठले भने कालीगढ विष्णु बरालले समयमा बुल तयार गर्न नसक्दा आफू समस्यामा परेको बताउछन् । श्रेष्ठले भने ‘मैलै पर्खाल लगाउने लगायतका बाँकी काम समयम नै सकेको थिएं । तर समयमा नै बुल तयार भने हुन सकेन । यहि कारण देखाउँदै मेरो ११ लाख जमानात नै नेप्सेले खोसेर कालो सूचिमा राख्यो । म समस्यामा परे ।’
उता कालीगढ बरालले भने आफूले समयमा नै भने अनुसार बुल तयार पारेको तर नेप्से र ठेकदारको विवादका कारण आँफ्नो भुक्तानी रोकिएको बताउँदै आएका छन् । यसै विषयमा बोल्दै नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले यो विषय अदालतमा पुगेको कारण अब अदालतले टुङ्गो नलगाएसम्म केही अघि बढ्न नसक्ने प्रतिक्रिया दिए ।