काठमाण्डौ । अमेरिका र चीनबीचको व्यापारिक तनाव कम गर्ने बाटो स्पष्ट देखिन्छ। दुवै देशले व्यापारको खाका बनाउन सहमति जनाएका छन् । लण्डनमा दुई दिनसम्म चलेको वार्तापछि दुवै देशका उच्च अधिकारीले यस्तो घोषणा गरेका हुन् । दुई देशबीच तय भएको योजनालाई राष्ट्रपति डोनाल्ड ट्रम्प र सी जिनपिङलाई स्वीकृतिका लागि पठाइनेछ।
यस सम्झौतापछि दुर्लभ खनिज र चुम्बकमा लगाइएको प्रतिबन्ध अन्त्य हुने अमेरिकी वाणिज्य सचिव होवर्ड लुटनिकले बताए । चीनसँगको यो भेटमा आधुनिक प्रविधिका लागि दुर्लभ खनिजको मुद्दा शीर्षमा थियो ।
गत महिना अमेरिका र चीनबीच करवृद्धिलाई लिएर अस्थायी सहमति भएको थियो तर त्यसपछि दुवै देशले एकअर्कामाथि सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् ।
स्मार्टफोनदेखि विद्युतीय सवारी साधनसम्मका लागि आवश्यक पर्ने दुर्लभ धातु र चुम्बकको चीनबाट निर्यात सुस्त भएको अमेरिकाले जनाएको छ ।