शनिबार, फाल्गुन २,२०८२ 10:44:14
Bizshala
  • शनिबार, फाल्गुन २,२०८२ 10:44:14
Bizshala
Global IME Bank Limited

निफ्राबाट जारी पहिलो ‘हरित उर्जा ऋणपत्र’ बाँडफाँड

निफ्राबाट जारी पहिलो ‘हरित उर्जा ऋणपत्र’ बाँडफाँड
Shivam Cement

काठमाण्डौ । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड( निफ्रा )ले निष्काशन गरेको ‘निफ्रा ग्रीन इनर्जी बोन्ड ६ प्रतिशत– २०८८÷८९’ नामको हरित उर्जा ऋणपत्रको बाँडफाँड भएको छ ।  

उक्त बोन्ड जेठ २९ गते एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौको प्राङ्गणमा बाँडफाँड सम्पन्न भएको हो ।

रु.५ अर्व रकमबराबरको यस हरित ऋणपत्रका लागि उत्साहजनक रुपमा ३.८ गुणा भन्दा बढी आवेदन प्राप्त भएको छ । कुल निष्काशित रकमको ६० प्रतिशत व्यक्तिगत तवर र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याई एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा जेठ १८ गतेदेखि २५ गतेसम्म निष्काशन गरिएको थियो । उक्त निष्काशनमा विभिन्न संघ संस्था तथा सर्वसाधारणहरु मार्फत उत्साहजनक सहभागिता रहेको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

एनआइएमबि एस क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे भन्छन्, ‘नेपालको पहिलो हरित उर्जा ऋणपत्रको सार्वजनिक निष्काशनलाई सफलतापूर्वक सम्पन्न गर्न पाउनु हाम्रो लागि निकै गर्वको कुरा हो । यो पहल नविनता र दुरदर्शितामा आधारि हाम्रो सिद्धान्तको स्वभाविक विस्तार हो । एनआइएमबि एस क्यापिटलको तर्फबाट हामी यस्तो ऐतिहासिक पहलमा अग्रसर हुन पाएकोमा उत्साहित छौं । आगामी दिनहरुमा अझै यस्ता अर्थपूर्ण परियोजनाहरु लिएर आउने विश्वास दिलाउन चाहन्छौं ।’

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

७ वर्षको अवधि रहि वार्षिक ६ प्रतिशत ब्याजदर भएको यस ऋणपत्र नेपालमै पहिलो पटक सार्वजनिक रुपमा जारी गरिएको हरित उर्जा ऋणपत्र रहेको छ । यस हरित उर्जा ऋणपत्र निष्काशनको कार्य सम्पन्न भैसकेको सन्दर्भमा यस प्रकृयामा सहयोग पुर्याउने नेपाल सरकार, अर्थ मन्त्रालय, वनतथावातावरण मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सेन्ज, सिडिएस एण्ड क्लियरिङ, विदेशी दातृ निकायहरु,ग्लोबल ग्रीन ग्रोथ इन्ष्टिच्युट  र कोरिया इन्टरनेशनल को अपरेशन एजेन्सी , कम्पनीका सहयोगीहरु तथा पत्रकार वृत्त लगायत सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्दै बाँडफाँड कार्यक्रम सम्पन्न भएको थियो ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.