काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । कम्पनीले जारी गर्न लागेको ३४.७८२६०.८७ प्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६०६.६५ रुपैयाँ कायम भएको छ ।
समायोजन हुनुअघि कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ७८२.८७ रुपैयाँ कायम थियो । आइतबारको कारोबारदेखि दोस्रो बजारमा कम्पनीको सेयरमूल्य यही मूल्यका आधारमा कारोबारमा आउनेछ ।
कम्पनीले १०ः३.४७८ अनुपातमा हकप्रद सेयर निष्कासन प्रयोजनका लागि जेठ ३० गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।
यसर्थ, जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।