काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई मर्चेण्ट बैंकलाई खुलामुखी योजना सार्वजनिक निष्कासनको अनुमति दिएको छ ।
बोर्डले सिटिजन्स क्यापिटलको ‘सिटिजन्स सदाबहार योजना’ र एनआइसी एशिया क्यापिटलको ‘एनआइसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’को इकाई बिक्री खुला गर्न अनुमति दिएको हो ।
यी दुबै खुलामुखी योजना हुन् । सिटिजन्स क्यापिटलले १० रुपैयाँ अंकित मूल्यको ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्री गर्न अनुमति पाएको हो । सिटिजन्स क्यापिटलको यो पहिलो खुलामुखी योजना हो ।
त्यस्तै, एनआइसी एशिया क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको कुल १० करोड इकाई बिक्री गर्न अनुमति पाएको हो । एनआइसी एशिया क्यापिटलको यो दोस्रो खुलामी योजना हो । यसअघि क्यापिटलको ‘एनआइसी एशिया डायनामिक डेब्ट फण्ड’ सञ्चालनमा आइसकेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (54).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                