Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सूर्यज्योति लाइफद्वारा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सिलाई कटाई मेशिन तथा सामाग्री वितरण

Global IME Bank Limited
सूर्यज्योति लाइफद्वारा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सिलाई कटाई मेशिन तथा सामाग्री वितरण
Nabil Bank Limited

काठमाण्डौ । सूर्यज्योति लाइफलले सिलाई कटाई मेशिन तथा सामाग्री वितरण गरेको छ । कम्पनीले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र, मध्यविन्दु ३, नवलपरासीको संयोजकत्वमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिपन्न बर्गका महिलाहरुको आर्थिक क्षमता वृद्धि गर्नका लागि निरन्तर रुपमा सिपमुलक सिलाई कटाई तालिम सञ्चालन गर्ने उद्दश्यले १० थान सिलाई मेशिन तथा सोसँग सम्बन्धित सामाग्रीहरु हस्तान्तरण गरेको हो । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त संस्थाले विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोगबाट वित्तिय साक्षरता, सिपमुलक प्रविधि शिक्षा, खेलकुद, जलवायु परिवर्तन न्यूनिकरण, अनुकुलन सम्बन्ध गतिविधि, खेलकुद तथा साक्षरता कक्षा सम्बन्धी विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ । फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र, मध्यविन्दु ३, नवलपरासीमा आयोजित उक्त कार्यक्रममा संस्थाका अध्यक्ष, अम्बर बहादुर महतो, सचिव, काशी राम पाठक तथा संस्थाका पदाधिकारीहरुसहित रोटरी क्लव नवलपरासीका पदाधिकारी, स्थानिय जनप्रतिनिधि, तालिममा सहभागी महिला र सूर्यज्योति लाइफका क्षेत्रिय प्रबन्धक ईश्वर विकल सापकोटाको उपस्थिति रहेको थियो । 

उक्त कार्यक्रममा कम्पनीका क्षेत्रिय प्रबन्धक ईश्वर विकल सापकोटाले सामाग्री हस्तान्तरण गर्दै यस प्रकारको सहयोगले बिपन्न बर्गका महिलाहरुको आर्थिक क्षमता वृद्धि गर्न टेवा पुग्नोमा विश्वस्त रहेको बताए । साथै फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्षमहतोले विपन्न तथा पिछडिएका महिलाहरुको सीपमा विकास गरी उनीहरुलाई आर्थिक समुन्नतीको बाटोमा बढाउन सकिन्छ भनेर नै तालिमको आयोजना गरिएको र यसमा कम्पनीले साथ दिएकोमा आभार व्यक्त गरेका थिए ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.