Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

अर्थमन्त्रीद्वारा अमेरिकी लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन आग्रह

Global IME Bank Limited
अर्थमन्त्रीद्वारा अमेरिकी लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन आग्रह
Nabil Bank Limited

काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अमेरिकी लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन आग्रह गरेका छन् । मन्त्री पुनले आगामी वैशाखमा काठमाण्डौमा आयोजना हुन लागेको लगानी सम्मेलनमा अमेरिकी लगानीकर्तालाई सहभागी हुन आग्रह गरेका हुन् ।

नवनियुक्त अर्थमन्त्री पुनलाई बधाई तथा शुभकामना दिन आज नेपालका लागि अमेरिकी राजदूत डिन थम्सन अर्थ मन्त्रालय गएका थिए । सोहि अवसरमा अर्थमन्त्री पुनले राजदूत थम्सन सामु उक्त आग्रह गरेका हुन् ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मन्त्री पुनले उक्त अवसरमा नेपाल लगानीको लागि उपयुक्त गन्तव्य रहेको र विदेशी लगानीकर्ताका लागि सहज र सरल लगानीको व्यवस्था भईरहेको बताएका छन् । उनले लगानीका लागि नेपाल भिर्जन ल्याण्ड रहेको र लगानी सम्मेलनमा बढी भन्दा बढी लगानीकतालाई सहभागी हुन आह्वान गरेका छन् ।  

राजदूत थम्पसनले लगानी सम्मेलनमा ठूलो संख्यामा अमेरिकी लगानीकर्ता आउन चाहिरहेको र यसका लागि दुतावासले उपयुक्त वातावरण बनाउने प्रतिवद्धता जाहेर गरेका छन् । 


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.