मंगलवार, श्रावण १२,२०८३ 05:35:48
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 05:35:48
Bizshala
Global IME Bank Limited

ग्राउण्ड जिरोका लगानीकर्तामा दिनभर छटपटी, भन्छन् ‘अमेरिकाले इरानमा आक्रमण गरेपछि घट्यो सेयर बजार’

ग्राउण्ड जिरोका लगानीकर्तामा दिनभर छटपटी, भन्छन् ‘अमेरिकाले इरानमा आक्रमण गरेपछि घट्यो सेयर बजार’
New Office

काठमाण्डौ । संधैको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । ग्राउण्ड जिरोका लागि आज हामी अनामनगर र पुतलीसडक आसपासका ब्रोकरहाउसहरु पुगेका थियौं । हामी ११ बज्दा नबज्दै सबैभन्दा पहिले सेक्योर्ड सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३६) मा पुग्यौं । बिहान पहिलो प्रहरमा यस ब्रोकरमा लगानीकर्ताहरुको उपस्थिति सामान्य नै थियो भने बजारमा पनि बिस्तारै बिक्री दबाब पर्दै गरेको देखिन्थ्यो ।

ब्रोकर हाउसमा लगानीकर्ता यताउता गर्दै गरेको देखिन्थ्यो । यतिकैमा एक लगानीकर्ता उठेर केही सेयर बेच्न भन्दै कारोबार शाखा तर्फ लम्किए । ब्रोकर हाउसमा फोनका घण्टी बझिरहेको थियो भने लगानीकर्ताहरुमा बेचैनी देख्न सकिन्थ्यो । केही समयको बसाई पछि हामी नजिकै रहेको प्रिमियर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३२) मा पुग्यौं ।  

यहाँ भने लगानीकर्ताहरुको उपस्थिति राम्रै देखिन्थ्यो । मध्यान्हको १२ बज्दै थियो भने बजार करिब १५ अंकले तल खस्दै थियो । यतिकैमा एक लगानीकर्ताले भने, ‘अघिल्लो साता जलविद्युत कम्पनी बढेको कारण बजार बढेको थियो । आज जलविद्युत कम्पनी घटेका कारण बजार पनि घटिरहेको छ ।’  

यसै ब्रोकरमा केही लगानीकर्ताहरुले अमेरिकाले इरानमा आक्रमण गरेका कारण बजार घटेको हुन सक्ने आँकलन समेत गरे । ती लगानीकर्ताले अब तेलको मुल्य बढ्ने तथा अन्तर्राष्ट्रिय कारणले बजार घटेको लख काटे । एक लगानीकर्ताले असारको प्रभाव देखिदै गएको तर्क गरे । उनी सँगै बसेका लगानीकर्ताले भने खेलाडी र ब्रोकरहरु मिलेर बजार घटाएको आरोप समेत लगाउन भ्याए । उनले थप्दै भने, ‘अहिले बजारमा ४÷५ वटा कम्पनी बाहेक अरु चलेका नै छैनन् । सेयर किनेर खातामा आउदा आधा घटी सक्छ । अहिले त सेयर किन्यो कि फस्यो । एक दिन हरियो हुन्छ अर्को दिन घटिहाल्छ । यस पाली बजारले कारोबारीहरुलाई निकै थकायो ।’

उनले आज सबै क्षेत्र घटेको देखाउदै भने, ‘मैले त आज मध्यभोटेकोशी किनेको १५ रुपैयाँ घटिसक्यो । भोली पनि बजार यस्तै हुन्छ भन्न सकिन्न । केही ठूला खेलाडी पनि बजारमा फसेका छन भन्ने स्ुनिन्छ । खेलाडीहरुको धेरै ब्रोकरमा उधारो पनि छ ।’ धेरै लगानीकर्ताको कणाली बिकास बैंकमा फसेको र बजारमा नयाँ पैसा आउन नसकेको समेत उनले बताए । अहिले धेरै लगानीकर्ताहरु खेलाडी भन्दा पनि बाठा बनेको उनले बताए । ब्रोकर हाउसहरुमा यस्तै गलफति चल्दै थिए ।

यहाँबाट हामी नजिकै रहेको प्राइमो सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर १६) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति सामान्य नै थियो । यहाँ भेटिएका लगानीकर्ताहरुले आज बजार घट्नुमा अन्तराष्ट्रिय कारण रहेको बताए । तर केहीले आजको घटाईलाई असार महिनाको प्रभाव भएको समेत बताए । उनीहरुले हाईड्रो कम्पनीको सुचक ३ सय अंकले बढेको र त्यसैमा करेक्सन आउदा आज बजार घटेको तर्क गर्दै थिए ।  

केही समयको बसाईपछि हामी नजिकै रहेको अनलाइन सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४९) मा पुग्यौं । बजार घटेकोमा यहाँ पनि लगानीकर्ताहरु आश्चर्यमा देखिन्थे । एक लगानीकर्ताले बजार २ बजेपछि फर्कने आशा व्यक्त गरे । उनलाई ठट्यौली पारामा जवाफ दिँदै एक लगानीकर्ताले भने ‘भने बजार त त्यस्तै हो साथी हामी भने घर फकिन्छौं । सरकारले नीतिगत काम केही गर्न सकेको छैन । एनआरएनलाई पूँजीबजारमा ल्याउने भनेको १२ वर्ष भयो तर काम हुन सकेको छैन । सबै कुरा बजेट भाषणमा मात्रै सीमित हुन्छ । खेलाडीले एका दूइ कम्पनी चलाएका छन्,’ उन्ले थप्दै भने ‘सेयर बजारमा आउनेको कालो कपाल सेतो हुन्छ । भन्न मात्रै सजिलो छ रातोमा किन्ने हरियोमा बेच्ने तर यो बजारमा गरिखान भने धेरै गाह्रो छ । ’  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.