बुधबार, असार ११,२०८२ 01:41:18
  • बुधबार, असार ११,२०८२ 01:41:18
Global IME Bank Limited

न खामेनीलाई हटाइयो, न आणविक कार्यक्रम ध्वस्त भयो, इजरायल र अमेरिकाले इरानमा के हासिल गरे ?

Hyundai Nepal
न खामेनीलाई हटाइयो, न आणविक कार्यक्रम ध्वस्त भयो, इजरायल र अमेरिकाले इरानमा के हासिल गरे ?
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार सामाजिक सञ्जालमा इरान र इजरायलबीच युद्धविराम लागू भएको बताएका छन् । यसलाई कुनै पनि पार्टीले उल्लंघन गर्नु हुँदैन । त्यसको केही घण्टाअघि ट्रम्पले इजरायल र इरानमा युद्धविरामको घोषणा गरेका थिए तर यसमा अनिश्चितताको अवस्था देखिएको थियो । मंगलबार बिहानसम्म इरान र इजरायलले एकअर्कामाथि हमला गर्ने क्रम जारी राखेपनि अहिले अवस्था शान्तितर्फ अघि बढिरहेको छ ।

१२ दिनसम्म चलेको युद्ध रोकिए पनि धेरै प्रश्न बाँकी छन् । विशेष गरी अमेरिका र इजरायलको अगाडि यो युद्धबाट के हासिल भयो भन्ने मुख्य प्रश्न हो ।

इजरायलले जुन १३ मा इरानमा अचानक आक्रमण गरेको थियो। यी आक्रमणहरूमा इरानको सैन्य नेतृत्व र आणविक वैज्ञानिकहरूलाई निशाना बनाइएको थियो। इजरायलले इरानले आणविक बम बनाउने नजिक आइपुगेको कारण यी आक्रमणहरू सुरु गरेको बताएको छ।  

इजरायलले इरानको आणविक कार्यक्रम पूर्ण रुपमा नष्ट नभएसम्म आक्रमण जारी रहने जनाएको छ ।

इरानको आणविक कार्यक्रम साँच्चै ध्वस्त भयो त ?

जुन २२ मा इजरायलको समर्थनमा अमेरिका पनि लडाइँमा उत्रिएको थियो । आफ्नो अति शक्तिशाली बी–२ बमवर्षकहरू प्रयोग गरेर, अमेरिकाले इरानमा बंकर बस्टर बम खसालेको थियो । यी आक्रमणपछि इजरायल र अमेरिकाले इरानको आणविक केन्द्र ध्वस्त भएको बताएको छ । अब तेहरानका लागि आफ्नो आणविक कार्यक्रम अगाडि बढाउन असम्भव हुनेछ। यद्यपि विज्ञहरू र स्वतन्त्र एजेन्सीहरूका रिपोर्टहरूले इरानको आणविक केन्द्रहरू ध्वस्त भएको विश्वास गर्दैनन्।

यो युद्धका कारण इरानको आणविक कार्यक्रम बन्द नहुने विज्ञहरुको विश्वास छ । अमेरिकी र इजरायली आक्रमणले फोर्डो, नातान्ज र इस्फाहानमा आणविक केन्द्रहरूलाई कति क्षति पुर्यायो भन्ने स्पष्ट छैन। विज्ञहरू विश्वास गर्छन् कि यी सुविधाहरूले बाह्य क्षति मात्र व्यहोरेका छन् किनभने आक्रमण पछि कुनै विकिरण आएको थिएन । यस्तै इरानले यी आक्रमणहरू अघि ६० प्रतिशतसम्म समृद्ध युरेनियम अन्यत्र स्थानान्तरण गरेको समेत बताइएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

खामेनी सत्तामा यथावत्  

युद्ध सुरु भएको एक दिन पछि, इजरायलले तेहरानमा शासन परिवर्तनलाई आफ्नो युद्ध लक्ष्यमा थपेको थियो। इजरायली प्रधानमन्त्री नेतन्याहुले इरानी जनतालाई आफ्नो सरकार विरुद्ध सडकमा आउन आग्रह गर्दा डोनाल्ड ट्रम्पले अमेरिका तेहरानबाट अली खामेनीको शक्तिलाई उखेल्न चाहन्छ भन्ने संकेत पनि दिएका थिए ।

इजरायल र अमेरिकाको अपीलको विपरीत तेहरानमा मैदानमा देखिन्थ्यो। तेहरानका मानिसहरू युद्धको कठिन समयमा अली खामेनीसँग आफ्नो ऐक्यबद्धता देखाउन सडकमा उत्रिए। यस क्रममा धेरै मानिसको हातमा खामेनी र इजरायली हमलामा मारिएका सैनिक अधिकारीको तस्बिर देखिएको थियो । तेहरानमा भएको यो युद्धले खामेनीको पकडलाई कमजोर पार्नुको सट्टा बलियो बनाएको स्पष्ट छ। 

अमेरिका–इजरायललाई घाटा वा फाइदा ?

१२ दिनको युद्धपछि अमेरिका र इजरायल मिलेर इरानको आणविक कार्यक्रमलाई केही हदसम्म पछाडि धकेल्न सफल भएको कुरा प्रष्ट छ । अमेरिका र इजरायल मिलेर इरानको आणविक कार्यक्रमलाई पूर्ण रूपमा ध्वस्त पार्न र खामेनीलाई सत्ताबाट हटाउन सफल भएका छैनन्। यसको मतलब अमेरिका र इजरायल आफ्ना दुवै मुख्य लक्ष्य हासिल गर्न सफल भएका छैनन्।

यस युद्धका कारण इरानसँग अमेरिकाको जारी आणविक वार्ता खत्तम भएको छ । अब फेरि यो कुरामा इरानलाई मनाउन सजिलो हुनेछैन। अर्कोतर्फ संसारका धेरै भागमा इजरायल र अमेरिकाले पहिले आक्रमण गरेर युद्ध सुरु गरेकोमा आलोचना भइरहेको छ । विशेष गरी ट्रम्पको छवि हिट भएको छ किनभने उनी लगातार युद्धको विरुद्धमा बोल्दै आएका छन् र आफूलाई नोबेल शान्ति पुरस्कार पनि चाहन्छन्।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.