इजरायलका रक्षामन्त्रीले पुनः दिए इरानका सर्वोच्च नेता अली खामेनीलाई मार्ने धम्की
काठमाण्डौ । इजरायलले फेरि एकपटक इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलाई मार्ने धम्की दिएको छ । यो धम्की इजरायलका रक्षामन्त्री इजरायल काट्जबाट आएको हो । काट्ज आइतबार इजरायली वायुसेनाको रामोन एयर बेसमा आइपुगेका थिए।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको उपस्थितिमा उनले आफ्नो देशलाई इरानबाट खतरा भए खामेनी सुरक्षित नहुने बताउदै जसरीपनि उनीसम्म पुग्ने बताए ।