काठमाण्डौ । युनाइटेड अरब इमिरेट्स (युएई) मा इरानको ड्रोन हमलामा परी मृत्यु हुने नेपाली नागरिकको परिचय खुलेको छ। अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार मृतकको परिचय पुष्टि गरेको हो । दूतावासका अनुसार मृतक दिवसभर श्रेष्ठ, २९ वर्ष, गोरखा जिल्ला निवासी, अबुधाबीस्थित मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत थिए। घटनास्थल अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थल रहेको बताइएको छ, जहाँ ड्रोन निष्क्रिय गर्ने क्रममा यो दुःखद घटना भएको हो।
यस आक्रमणमा दिवसभर श्रेष्ठसहित तीन जनाको मृत्यु भएको छ। अन्य दुई मृतक बंगलादेशी र पाकिस्तानी नागरिक रहेका छन्।
अबुधाबीस्थित दूतावासले युएईमा रहेका नेपाली नागरिकहरूलाई सुरक्षित स्थानमा रहन, संयमता अपनाउन र युएई सरकारले जारी गरेका सुरक्षा मापदण्डहरू पालन गर्न विशेष आग्रह गरेको छ। दूतावासले मृतकको शव यथाशीघ्र नेपाल पठाउने तयारी भइरहेको जानकारी दिएको छ।

