काठमाण्डौ । इजरायलले इरानमाथि आक्रमण गरेको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले यसको पुष्टि गरेका छन्। जवाफी हमलाको सम्भावनालाई ध्यानमा राख्दै इजरायलमा आपतकाल पनि लगाइएको छ ।
आपतकालिन अवस्थाको घोषणा गर्दै काट्जले भने, ‘इरानमा इजरायलको आक्रमणपछि हाम्रो जनसंख्यामा मिसाइल वा ड्रोन आक्रमणको सम्भावना छ। यस्तो अवस्थामा अत्यावश्यक क्षेत्रबाहेक शैक्षिक गतिविधि, जमघट र कार्यस्थलमा प्रतिबन्ध लगाइएको छ।’
इजरायली सेनाका एक अधिकारीले धेरै हमला भएको बताएका छन्। यी आक्रमणहरू इरानको आणविक कार्यक्रम र अन्य सैन्य लक्ष्यहरू विरुद्ध भएको उनले बताएकमा छन् । अमेरिकाले हालै केही क्षेत्रबाट आफ्ना नागरिक फिर्ता बोलाएको थियो । इरानले इराकमा रहेको अमेरिकी अड्डाहरू विरुद्ध बदला लिने खतरा अमेरिकालाई थियो।
इरानको सरकारी समाचार एजेन्सी नूर न्यूजका अनुसार तेहरानको उत्तरपूर्वी क्षेत्रमा विस्फोटको आवाज सुनिएको छ।