काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । अघिल्लो दिन १७ सय रुपैयााँले घटेको सुनको मूल्य आज पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा १५ सय रुपैयाँको गिरावट आएको छ ।
संघका अनुसार यो गिरावटसँगै सुनको मूल्य आज प्रतितोला १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज २० रुपैयाँले घट्दै प्रतितोला २ हजार १४० रुपैयाँ कायम भएको छ ।