काठमाण्डौ । डलर कमजोर बनेसँगै आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य ०.६१ प्रतिशत अर्थात २०.११ डलरले बढेको छ ।
यो वृद्धिसँगै सुनको कारोबार प्रतिऔंस ३ हजार ३३८ डलरमा भईरहेको छ । डलर इन्डेक्स सन् २०२२ मार्च पछिकै कमजोर बन्नु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोमी पावेललाई बर्खास्त गर्ने अभिव्यक्ति दिएसँगै बढेको अनिश्चितताका कारण सुनको मूल्य बढेको हो ।
आज चाँदीको मूल्य समेत बढेको छ । चाँदी आज ०.६० डलरले बढेर प्रतिऔंस ३६.३८ डलर कायम भएको छ ।