काठमाण्डौ । सुनको मूल्यमा उच्च वृद्धि भएको छ । मंगलबारको कारोबारमा सुनको मूल्य १.३९ प्रतिशत अर्थात ४६ डलरले बढेको छ ।
यो वृद्धिसँगै सुनको कारोबार प्रतिऔंस ३ हजार ३२० डलरमा भईरहेको छ । डलर कमजोर बनेका कारण सुनको मूल्य बढेको हो ।
चाँदीको भाउ भने आज घटेको छ । चाँदी आज ०.०५ डलरले घट्दै प्रतिऔंस ३५.९५ डलरमा कारोबार भईरहेको छ ।