काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य बढ्ने क्रम आजपनि जारी रहेको छ । अघिल्लो दिन १२ सय रुपैयाँले बढेको सुनको मूल्य आजपनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार १ सय रुपैयाँमा भईरहेको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ७ सय रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज २५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार १७० रुपैयाँ कायम भएको छ ।