काठमाण्डौ । विश्वको सबैभन्दा पुरानो, लोकप्रिय र सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनले बुधबार नयाँ कीर्तिमान कायम गरेको छ । यसको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । लगानीकर्ताले बढ्दो आकर्षणका कारण बिटक्वाइनको मूल्यले नयाँ उचाई चुमेको हो ।
यसका साथै, धेरै ठूला वित्तीय कम्पनीहरूले अहिले क्रिप्टोकरेन्सीहरू अपनाइरहेका छन्। बिट्क्वाइनको मूल्य कारोबारको समयमा १ लाख ११ हजार ९८८ डलर पुगेको छ । यसपश्चात यसको मूल्य १ लाख ११ हजार २५९ डलरमा स्थिर रहेको छ ।
बिटक्वाइन सन् २०२५ को सुरुवात देखि १८ प्रतिशत भन्दा बढिले बढिसकेको छ।