बुधबार, असार २४,२०८३ 09:07:47
Bizshala
  • बुधबार, असार २४,२०८३ 09:07:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रगति तर अन्तिम सम्झौता भने हुन बाँकी छ: रुबियो

Laxmi Sunrise Bank Limited
इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रगति तर अन्तिम सम्झौता भने हुन बाँकी छ: रुबियो

काठमाण्डौ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतको नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा इरानसँग जारी वार्तामा महत्त्वपूर्ण प्रगति भएको बताएका छन्। उनले भने, ‘अन्तिम सहमति भने भइसकेको छैन, तर पछिल्ला ४८ घण्टामा सकारात्मक प्रगति भएको छ।’

रुबियोले अमेरिकी धारणा दोहोर्‍याउँदै इरानलाई कुनै पनि अवस्थामा आणविक हतियार राख्न नदिइने स्पष्ट पारे। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यस विषयमा कठोर अडान लिएको उनले बताए। इरानलाई आणविक रूपमा अझ शक्तिशाली बनाउने खालको कुनै सम्झौता हुने कल्पना हास्यास्पद भएको समेत रुबियोले बताए ।

New Office
CG Motors
Garima Development Bank

पत्रकार सम्मेलनमा रुबियोले स्ट्रेट अफ हर्मुजसम्बन्धी सकारात्मक संकेत पनि दिएका छन्। उनले भने, ‘यदि पछिल्ला प्रगतिहरू सफल भए भने हर्मुज जलमार्ग पूर्ण रूपमा खुला हुन सक्छ, र कुनै शुल्क पनि लाग्ने छैन।’ यद्यपि उनले अझै केही काम बाँकी रहेको र थप घोषणा राष्ट्रपति ट्रम्पले गर्न सक्ने बताए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पत्रकारले इरानमा युद्ध सुरु भएयता विद्यालयहरूमा भएको क्षतिबारे प्रश्न उठाएपछि रुबियोले सैन्य रणनीतिबारे टिप्पणी गर्न अस्वीकार गरे। उनले अमेरिकी उद्देश्य इरानको नौसैनिक क्षमता, ब्यालिस्टिक मिसाइल प्रहार क्षमता तथा रक्षा औद्योगिक संरचनालाई कमजोर बनाउनु रहेको बताए। ‘एपिक फ्युरी’ नाम दिइएको अमेरिकी अभियानले आफ्नो लक्ष्य हासिल गरेको उनको दाबी थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X