बिटक्वाइनमा ठूलो क्र्यासको चेतावनीः २०२६ सम्ममा ९० प्रतिशतसम्म गिरावट आएर १०,००० डलरमा झर्नसक्ने
काठमाण्डौ । क्रिप्टोकरेन्सी बजारमा ठूलो उथलपुथलको संकेत देखिएको छ । ब्लूमबर्ग इंटेलिजेंसका वरिष्ठ रणनीतिकार माइक मैकग्लोनले बिटक्वाइनको मूल्यमा ठूलो गिरावटको चेतावनी दिएका छन् । उनको भविष्यवाणी अनुसार, सन् २०२६ सम्ममा बिटक्वाइनको मूल्य ९० प्रतिशतसम्मले घटेर १०,००० अमेरिकी डलरमा झर्न सक्छ ।

