काठमाण्डौ । क्रिप्टोकरेन्सी बजारमा हाल गिरावट जारी भए पनि पाई नेटवर्क जस्ता केही डिजिटल मुद्राहरूले निवेशकर्तालाई आश्चर्यजनक लाभ दिएका छन् । पछिल्लो सात दिनमा पाई नेटवर्कले ४० प्रतिशतभन्दा बढी वृद्धि देखाएको छ भने बिट्क्वाइनको वृद्धि १ प्रतिशतभन्दा कममा सीमित छ।
बुधबार राति बिट्क्वाइनको मूल्य करिब ६७ हजार अमेरिकी डलर रहेको थियो, र पछिल्लो २४ घण्टामा यसको वृद्धि करिब ०.७ प्रतिशत मात्रै रहेको छ।
यसैबीच, पाई नेटवर्कको मूल्य ०.१८७६ डलर पुगेको छ, जुन २४ घण्टामा ४२ प्रतिशतको वृद्धि हो। कोइनमार्केट क्याप अनुसार, पछिल्लो सात दिनमा शीर्ष १ सय क्रिप्टोकरेन्सीमध्ये पाई नेटवर्कको रिटर्न सबैभन्दा उच्च रहेको छ।
संसारको सबैभन्दा महँगो र प्रमुख क्रिप्टोकरेन्सी बिट्क्वाइन अहिले खराब अवस्थाबाट गुज्रिरहेको छ। अक्टोबरमा यसको मूल्य १ लाख २६ हजार डलर थियो, जुन अहिले करिब आधा घटेको छ। बिट्क्वाइनलाई प्रायः ‘डिजिटल सुन’ भनेर चिनिन्छ, किनभने यसले कुनै डिभिडेन्ड वा प्रत्यक्ष मुनाफा दिन्दैन।
पछिल्लो २४ घण्टामा क्रिप्टोकरेन्सी बजारको मार्केट क्यापिटलाइनेशन २.३१ ट्रिलियन डलर पुगेको छ, जुन ०.८३ प्रतिशतले कम हो। गत महिनाभर मार्केट क्यापिटलाइनेशमा २५ प्रतिशतभन्दा बढी गिरावट आएको थियो ।

