मंगलवार, भाद्र २४,२०८२ 10:54:06
  • मंगलवार, भाद्र २४,२०८२ 10:54:06
Global IME Bank Limited

सन नेपाल लाइफको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

Hyundai Nepal
सन नेपाल लाइफको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामीमार्फत बिक्रीमा राखिएको २ लाख कित्ता बढी अवितरित हकप्रद सेयरमा आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख ३० गतेदेखि असार ३ गतेसम्म १ः०.२७ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख २४ हजार ७२८ कित्ता सेयर असार २३ गतेदेखि लिलामीमातर्फ बिक्रीमा राखेको थियो ।  

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । कुल सेयर संख्यामा सर्वसाधारण समूहतर्फको १ लाख ४४ हजार ५०६ कित्ता र संस्थागत समूहतर्फको ८० हजार २२२ कित्ता सेयर रहेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा संस्थागततर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ । अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।  

लगानीकर्ताले नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, सन नेपाल लाइफको पुतलीसडक,विराटनगर,विरगञ्ज,पोखरा,बुटवल,नेपालगञ्ज,सुर्खेत र धनगढी शाखा कार्यालयबाट बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.