शनिबार, श्रावण २,२०८३ 09:06:29
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:06:29
Bizshala
Global IME Bank Limited

धितोपत्र बोर्डको अध्यक्षमा आवेदनको ओइरो, नेप्सेका सीईओको पनि इन्ट्री

धितोपत्र बोर्डको अध्यक्षमा आवेदनको ओइरो, नेप्सेका सीईओको पनि इन्ट्री
New Office

काठमाण्डौ । अर्थ मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार धितोपत्र बोर्डको अध्यक्षमा १९ जनाले आवेदन दिएका छन् ।  

सो पदका लागि आवेदन दिने आज अन्तिम दिन हो ।  

मंगलबारसम्म बोर्ड अध्यक्षको लागि ४ जनाले मात्र आवेदन दिएकोमा बुधबार अपरान्ह ५ बजेसम्म कुल १९ जनाको आवेदन परिसकेको छ । 

धितोपत्र बोर्डको अध्यक्षका लागि बोर्डका निमित्त अध्यक्ष नबराज अधिकारी, कृष्ण पोखरेल,  तत्कालीन बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीबी चापागाइ, धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठ, राष्ट्रिय बीमा संस्थानका पुर्व प्रमूख प्रशासक शिबहरी श्रेष्ठ, नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, नेप्सेकै पूर्व सीइओ सीताराम थपलिया, धितोपत्र बोर्डका पूर्व इडी निरज गिरी, नेप्सेकै उपप्रबन्धक प्रबिण पन्धाक, बजार विज्ञहरु  केशब श्रेष्ठ, मुक्ति अर्याल, अर्थशास्त्री खगेन्द्र कट्वाल र बिमल तिवारी प्रोभिडेन्ट मर्चेन्ट बैंकिङका सीईओले आवेदन दिएका छन् । यस्तै, नेपाल बैंकका पूर्व सीइओ कृष्णबहादुर अधिकारी, सेयर बजारका जानकार रघु काफ्ले लगायतले पनि आवेदन दिएका छन् ।  

आज साँझसम्म परेका आवेदकमध्येबाट सिफारिस समितिले सर्टलिस्ट तयार गर्नेछ । सर्टलिस्टमा पर्ने ५ जनामध्येबाट प्रस्तुतीकरणका आधारमा ३ जनाको नाम सिफारिस समितिले सरकारलाई सिफारिस गर्नेछ । सिफारिस नाममध्येबाट एकजनालाई सरकारले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति दिनेछ ।  

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको नेतृत्वमा ३ सदस्यीय सेबोन अध्यक्ष छनौट समिति बनाएको छ । समितिमा अर्थसचिव सदस्य हुनेछन् भने विज्ञ सदस्यको रुपमा उदय निरौला छन् ।  

छनौट समितिले फागुन १६ गते सेबोन अध्यक्षका लागि आवेदन आह्वान गरेको थियो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.