बुधबार, श्रावण १३,२०८३ 07:46:44
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 07:46:44
Bizshala
Global IME Bank Limited

अचम्मको घटना : एक वर्षको बालकले कोब्रा सर्पलाई टोकेर मारेको दाबी

अचम्मको घटना : एक वर्षको बालकले कोब्रा सर्पलाई टोकेर मारेको दाबी
New Office

काठमाण्डौ । बिहारको बेतियामा एउटा अनौठो घटना बाहिर आएको छ । यहाँ एक वर्षको बालकलाई सर्पले दाँतले टोकेपछि सर्पको मृत्यु भएको बताइएको छ ।

बालकको परिवारले यो विषालु कोब्रा सर्प भएको दाबी गरेको छ ।

गत बिहीबार घटेको यो घटनापछि स्थानीयवासीका लागि उक्त बालक आकर्षणको विषय बनेको छ । बालक अहिले स्वस्थ छन् ।  

यो घटना बिहारको पश्चिम चम्पारण जिल्लाको हो, जसको मुख्यालय बेतिया हो। बेतियाको मझौलिया ब्लकको मोहछी बांकटवा नामको गाउँ छ। यो गाउँमा सुनिल साह नामका व्यक्तिले आइसक्रिम बेचेर आफ्नो गुजारा चलाउँछन् । सुनिल साहको एक वर्षको छोरा गोविन्द कुमार छन् । गोविन्द कुमारले आफ्नो दाँतले सर्पलाई टोकेको बीबीसीले जनाएको छ।

गोविन्द कुमारकी हजुरआमा मतिसरी देवीले बालककी आमा घरको पछाडि काम गरिरहेको बेला सर्प बाहिर आएको र खेल्दै गरेको गोविन्दले सर्प देख्नेबित्तिकै समातेर र दाँतले टोकेको बताइन् । सर्पलाईटोकेपछि उनी केही बेर बेहोस भएको त्यसपछि गोविन्दलाई माझोलिया प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको र  त्यहाँबाट बेतियाह अस्पताल (सरकारी मेडिकल कलेज, जीएमसीएच) रिफर गरिएको उनले बताइन् । उनी अहिले बच्चा स्वस्थ रहेको जनाइएको छ ।  

गोविन्द कुमारलाई बिहीबार साँझ बेतियास्थित सरकारी मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको उपचार डा कुमार सौरभ बाल रोग विभागका सहायक प्राध्यापकले गरेका थिए । डा. सौरभले बच्चा भर्नाका लागि आउँदा उनको अनुहारमा विशेषगरी मुखको वरिपरि सुन्निएको र उनले सर्पलाई टोकेको र त्यसको केही भाग खाएको परिवारका सदस्यले जानकारी दिएको बताए ।  

डाक्टर सौरभका अनुसार जब कोब्राले मानिसलाई टोक्छ, त्यसको विष हाम्रो रगतमा प्रवेश गर्छ। रगतमा प्रवेश गर्ने विषले न्युरोटोक्सिसिटी निम्त्याउँछ, जसले हाम्रो स्नायु प्रणालीलाई असर गर्छ र मृत्युको कारण बनाउँछ।

यस्तै जब मानिसले कोब्रालाई टोक्छ, विष मुखबाट मानिसको पाचन प्रणालीमा पुग्ने बताए । उनका अनुसार मानव शरीरले विषलाई निष्क्रिय पार्छ र विष बाहिर निस्कन्छ। अर्थात् दुवैमा विषले काम गर्छ । तर एउटा अवस्थामा विषले स्नायु प्रणालीलाई असर गर्छ भने अर्को अवस्थामा मानव शरीरले विषलाई बेअसर गर्छ।

तर, मानिसले सर्पलाई टोक्दा त्यसले पनि प्रतिकूल असर पार्न उनी बताउछन् । 

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हरेक वर्ष विश्वभर ८० हजारदेखि १ लाख ३० हजार मानिसको सर्पको टोकाइबाट मृत्यु हुने गरेको छ । जसमध्ये भारतमा हरेक वर्ष औसत ५८ हजार मानिसको मृत्यु हुने गरेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.